प्राइम खबर संबाददाता | चैत २३, २०७९ बिहिबार

नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले बढेको छ ।

विश्वका अर्बपतिको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको अर्बपतिहरुको २०२३ को सूचीमा विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड अमेरिकी डलर छ । गतवर्ष उनीसँग एक अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ति थियो ।



आजको डलरको विनिमयदर अनुसार हेर्दा नेपाली रुपैयाँमा विनोद चौधरीसँग दुई खर्ब ३६ अर्ब रुपैयाँको सम्पत्ति रहेको छ । चौधरी १० वर्ष अगाडि फोर्ब्सको अर्बपतिको सूचीमा परेका थिए । १० वर्षमा चौधरीको सम्पत्ति ८० करोड अमेरिकी डलरले बढेको छ । दुई वर्षमा बाहेक उनको सम्पत्ति हरेक वर्ष बढ्दो क्रममा छ ।

चौधरीको नेपालमा नबिल बैंकसहित उद्योग, होटल तथा ट्रेडिङ क्षेत्रमा लगानी रहेको छ । यस्तै, विदेशमा उनको होटल, रियलस्टेटमा लगानी रहेको छ ।