प्राइम खबर संबाददाता | भदौ २९, २०८० शुक्रबार

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्नुभएकाे छ । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि समावेश गरेको हो ।


म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची टाइम १०० नेस्क्ट सार्वजनिक गरेको हो ।



स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची सार्वजनिक गर्न थालेको हो ।