प्राइम खबर संबाददाता | असोज १७, २०८० बुधबार

देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । मौसमविद्का अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन ।
पोखरामा पनि सोमबारदेखि परेका पानी रोकिएको छैन । त्यस्तै काठमाण्डौ उपत्यकामा पनि रातिदेखिको झरी रोकिएको छैन । आज पनि देशका धेरैजसो ठाउँमा झरी पर्ने मौसमविद्को भनाई छ । आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो ।
सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ ।