प्राइम खबर संबाददाता | असोज २४, २०८० बुधबार

चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा साहित्य सँग जेसीज कार्यक्रम हुने भएको छ । 

घटस्थापनाको दिन पारेर साहित्यिक कार्यक्रमको आयोजनाको तयारी गरिएको चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष चिरन्जीवी गौतमले बताए। 



चन्द्रपुर नगरपालिकाको सहयोग र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा चर्चित कवि मनु मन्जिल र गजलकार प्रदीप रोदन लगायतका स्रष्टा सर्जकहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष गौतमले बताए। 

चन्द्रनिगाहपुर लगायतका स्थानीय साहित्यका पारखीहरुलाई घटस्थापनाको दिन साहित्यको भरपूर आनन्द दिलाउन सिटी जेसीजले नवीनतम कार्यक्रमको थालनी गरेको हो ।

कार्यक्रम संयोजक श्यामहरी चौलागाई रहेने उक्त कार्यक्रम बिहान ११ बजे चन्द्रनिगाहपुर स्थित होटल ए एन प्लाजाको सभाहलमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष गौतमले जानकारी दिएका छन्।