प्राइम खबर संबाददाता | कात्तिक ३, २०८० शुक्रबार

नेकपा एमाले चन्द्रपुर नगर कमिटिले बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको आयोजनामा शुक्रबार भएको शुभकामना आदन प्रदान कार्यक्रममा विभिन्न जन प्रतिनिधि राजनितिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा पटीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य उद्वव रेग्मीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्दै उनले नेपालीहरुको महान चाड बडा दशैंको सुखद् अवसरमा सुख, शान्ति र समृद्धिका लागि सवैमा शुभकामना व्यक्त गरेका हुन् ।
यस चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उनको भनाई छ । यस पर्वले राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र–क्षेत्र, जातजाति र समुदाय–समुदाय बीच आपसी भातृत्व कायम गर्ने उनले बताए ।

नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ वडादशैंको शुभकामना व्यक्त गरेका छन् ।  सो कार्यक्रममा नेपाली काग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरी , नेकपा माओवादी नगर कमिटी उपाध्यक्ष सहदेव केसी ,सहकारी अभियान्ता देवकी नेपाल , नेकपा एमाले मधेश प्रदेश उप–सचिव आरती भण्डारी , संघिय ससद बिना साह ,प्रदेश ससद केशव राय थारु, एमाले जिल्ला संयोजक सचितान्द साह,नेकपा एमाले जिल्ला कमिटि स्कुल बिभाग प्रमुख बाबुराम दाहाल लगायतले शुभकामना ब्यक्त गरेका थिए । 
नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्यको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियोे । कार्यक्रममा नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारीले स्वागत मनतब्य रहेका थिए भने कार्यक्रम संचालन नगर कमिटि सचिब राम सिंहासन यादबले गरेका थिए।