प्राइम खबर संबाददाता | कात्तिक ४, २०८० शनिबार

रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ३ गैडाटारमा शनिबार दशैको अबसर पारेर खुल्ला दौड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नमुना युवा क्लब गैडाटारको आयोजनामा शनिबार खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको हो । उक्त दौड प्रतियोगितामा चन्द्रपुर नगरपालिका वाड नं. ३ कै प्रवेश थापा प्रथम भएका छन ।

उनले नगद ७ हजार १ सय सहित शिल्ड हात पारेका हुन । थापालाइ क्लबको तर्फबाट  नगर ५ हजार र सोही वाडका वडा अध्यक्ष बोधनाथ देबकोटाको तर्फबाट २ हजार एक सय गरी ७ हजार एक सय प्राप्त गरेका हुन । यसैगरी सो दौड प्रतियोगिताको दोश्रोमा बिष्णु कुमार बिक भएका छन उनले नगद ३ हजार,शिल्ड र प्रमाण पत्र प्राप्त गरेको नमुना युवा क्लब गैडाटारका अध्यक्ष एक बहादुर कटुवालले जानकारी दिए ।



यस्तै तेश्रोमा दिपेन्द्र चौधरी भएका छन । चौधरीले नगद २ हजार सहित प्रमाण पत्र पाएका छन । सो प्रतियोगितामा २२ जना सहभागी रहेको क्लबका अध्यक्ष कटुवालले जानकारी दिए ।

कार्यक्रममा सो वाडका वाड अध्यक्ष बोधनाथ देबकोटा,नेकपा एमाले मधेश प्रदेश उपसचिब आरती भण्डारी र क्लबका अध्यक्ष कटुवालले पुरस्कार हस्तान्तरण गरेका थिए । छबि गौतमको संचालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कटुवालले गरेका थिए । कार्यक्रममा वाड अध्यक्ष देबकोटाले यस्ता किसिमका कार्यक्रमले गाउघरमा आत्मीयता बढने बताए । नमुना युवा क्लबले तिजको अबसरमा दर कार्यक्रम,मैत्रीपुर्ण फुटबल प्रतियोगिता,गाउ टोल सरसफाइ अभियान जस्ता कार्यक्रमहरु समय समयमा गदै आएको क्लबका उपाध्यक्ष श्याम चौहानले जानकारी दिएका छन । उक्त प्रतियोगितामा स्थानिय भद्रभलादमी,समाजसेवी,सरोकारवालाहरुको सक्रिय उपस्थीती रहेको थियो ।