प्राइम खबर संबाददाता | मंसिर १८, २०८० सोमबार

गौर आँखा अस्पताललाई लुम्बिनी बिकास बैंक लिमिटेड गौर शाखाले  आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  तीन सिटे स्टिल बेन्चहरु उपलब्ध गराएको छ । सोमबार गौर आँखा अस्पताल परिसरमा भएको एक कार्यक्रमका बिच बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले सो अस्पतालका प्रमुख व्यवस्थापक  नागेश्वर चौधरीलाई सामाग्री  हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रज्वल बस्नेत, लेखा अधिकृत पवन न्यौपाने लगायत अस्पतालका अन्य कर्मचारी एवम बैंक को तर्फबाट सहायक  शाखा प्रमुख प्रवीण कुमार सिंह  लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियोे  । बैंकका प्रबन्धक सुबोध कोइरालाले बैंकले आर्थिक मात्र नभइ समाजिक कार्य पनि गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको र यो सहयोगबाट अस्पतालमा आउने सेवाग्राही आँखाको बिरामीलाइ सुबिस्ता सहित सेवा संचालन गर्न सहज हुने बताए ।  स्वदेश तथा छिमेकी मुलुकका लाखौ बिरामीलाई आँखाको ज्योति छर्ने जस्तो पुन्य कार्य गर्दै आएको  अस्पताललाई सहयोग गर्न पाउनु  बैंकको लागि अहोभाग्य हो उनले बताए । सहयोगको लागि अवसर मिलाइदिएको भन्दै  सहयोगी बैंकले अस्पताल परिवार लाई धन्यवाद समेत दिएका छन् । अस्पतालका व्यवस्थापक चौधरीले अस्पतालको  आग्रह लाई सहर्ष स्विकार गर्दै सहयोग प्राप्त भएपछि  बैंक लाई धन्यवाद दिदै प्राप्त सामग्री को उचित सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै लुम्बिनी बिकाश बैंक गौर शाखाको आर्थिक उन्नतिको कामना  एवम सकृय समाजिक उपस्थिति को लागि शुभकामना ब्यक्त गरेका छन्।