प्राइम खबर संबाददाता | पुस ५, २०८० बिहिबार

सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा भने कोरोना परीक्षण गरिएको छैन ।