न्यूज डेस्क | जेठ ६, २०८१ आइतबार

रौतहटको चन्द्रनिगाहपुरबाट प्रकाशित हुदै आएको हाईवेन्युज दैनिकले स्थापनाको १२ औ बर्ष मनाएको छ । 


स्थापनाको १२ बर्ष प्रबेशको अबसरमा हाईवेन्युज दैनिक चन्द्रनिगाहपुरले शनिबार एक कार्यक्रम समेत गरेको हो  । उक्त वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रेश काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बिकास र सम्बृध्दिको बाटोमा नेपाली पत्रिका चल्नु पर्ने बताएका छन् ।  समाचारमा सुधार, खोजमुलक समाचार पाठक लाई दिनुपर्ने बताउनु हुदै सुचना र प्रबिधि अनुरुप संचार माध्यम चल्न सके मात्रै पत्रिकाले निरन्तरता पाउने प्रमुख अथिती बस्नेतले बताए । 



उनले पत्रपत्रिका जोगाउन राज्यको भुमिका रहनु पर्छ ब्यक्तिको नाममा दर्ता भए पनि राज्यकै लागि काम गर्ने भएकाले पत्रपत्रिका राज्यले नै जोगाउनु पर्ने समेत बताए। 



सोही कार्यक्रममा चन्द्रपुर नगरपालिकाकाका नगर प्रमुख सञ्जय काफलेले जलबायु परिबर्तनले गर्दा समस्या आएको बताउदैं संचारमाध्यमले यसतर्फ कलम चलाउनु पर्ने बताएका छन्।

 संचारमाध्यमले बिश्वसियनता कायम गर्न पुर्बाग्रह नराखी सत्य तथ्य समाचार पाठक सामु पुरयाउनु पर्ने बताए। 

 

यस्तै कार्यक्रमका अर्का विशिष्ट अतीथी गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जैयसवालले आफनो लगानीबाट पत्रिका चलाएर पाठक लाई जागृत गराएको भन्दै हाईवेन्युज दैनिकको प्रशंसा गरे । उनले असल कामको प्रशंसा र खराब कामको उजागर हुनु  पर्ने बताए । 

 जिल्लाका क्रियाशील पत्रकारहरुको बाक्लो उस्थितिमा कार्यक्रम भएको थियो । हाईवे न्युज दैनिकका प्रकाशक मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बालबिक्रम कार्कीले गरेका थिए ।

सोही कार्यक्रममा जिल्लाका वरिष्ट संचारकर्मी फणीदेव महतलाई नगद सहित सम्मान भरिएको थियो । कार्यक्रम उपस्थित विभिन्न सञ्चारमाध्यम सँग आबद्ध पत्रकारहरु लगायत अथितीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।