न्यूज डेस्क | असार ११, २०८१ सोमबार

रौतहट । जनज्योति नमूना माध्यमिक विद्यालय चन्द्रनिगाहपुरलाई सेनिटरी प्याड भेन्टीङ मेसिन प्रदान गरिएको छ।


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चन्द्रनिगाहपुर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोमबार विद्यालयमा एक कार्यक्रमका बीच एक सेट सेनिटरी प्याड भेन्टिङ मेसिन प्रदान गरेको हो।



सहयोगी संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चन्द्रनिगाहपुर शाखाका शाखा प्रबंधक गौतम कुमार झाको प्रमुख आथित्यतमा भएको उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले महिनावारीको समयमा विद्यालयको छात्राहरुले प्याड व्यवस्थापनको लागि भोग्दै आएको समस्याको बारेमा बताउदैं आगामी दिनमा भेन्टिङ मेसिनको प्रयोगले फोहर व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए ।



कार्यक्रममा उक्त मेसिनको प्रयोग र व्यवस्थापनको बारेमा कक्षा ९ र १० मा अध्यनरत छात्राहरुलाई भेन्टीङ मेसिनको उपयोगिता र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर जानकारी समेत दिईएको थियो।

सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत विद्यालयलाई अत्यन्त आबस्यक रहेको कुरा मध्यनजर गर्दै भेण्टिङ मेसिन सहयोग गरेको भन्दै लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबंधक झा र सहयोगी संस्था धन्यवादको पात्र भएको भन्दै विद्यालयका प्रधानाध्यापक देवनारायण हुमागाईले प्रशंसा समेत गरेका छन्। कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका लगायत छात्राहरुको उपस्थित रहेको थियो।