न्यूज डेस्क | भदौ १२, २०८१ बुधबार

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालले आर्थिक बर्ष २०८०/०८१ मा करिब साडे त्रिपन्न हजार भन्दा बढी बिरामीको उपचार गरेको तथ्य सार्वजनिक गरेको छ । २०८० साउन १ गते देखी २०८१ असार मसान्त सम्म उक्त अस्पतालमा ओपिडी र आकस्मीक सेवा सहित ५३ हजार ५ सय ९१ जना बिरामीको उपचार भएको हो । ओपिडी तर्फ ४५ हजार ५ सय ३३ जना र आकस्मीक तर्फ ८ हजार ५६ जना गरी ५३ हजार ५ सय ९१ जना बिरामीको उपचार भएको सो अस्पतालका मेडिकल सुपरिटेन्डन्ट प्रमुख डा। अभिनन्दन श्रीवास्तबले जानकारी दिएका छन । यो संख्या गत बर्षको भन्दा बढी भएको डा.श्रीवास्तबले जानकारी दिए ।


यसैगरी बिभिन्न प्रकारको खोप सेवा लिनेको संख्या ६ हजार ३ सय ९१ जना रहेको उनले जानकारी दिएका छन । यस्तै कुकुरले टोकेका ४ हजार ५ सय ६२ जनालाइ भ्याक्म्सीन दिइएको छ । यो भयाक्सीन चन्द्रपुर नगरपालिका सहित बाहिरी पालिकाका बिरामीहरुलाइ पनि दिनेगरेको सो अस्पतालले जनाएको छ । उक्त भ्याक्सीन प्रदेश सरकारले नपठाएपछि चन्द्रपुर नगरपालिका आफलै खरिद गरेर सेवा दिदै आएको थियो ।
सर्पदंशका  ६ सय ५ जनाको उपचार भएको जनस्वास्थ्य अधिकृत राधेशंकर पालले जानकारी दिए । उक्त आर्थिक बर्षमा सबैभन्दा बढी गत असारमा १ सय ३ जनाको उपचार भएको अधिकृत पालले जानकारी दिएका छन । यसैगरी चन्द्रनिगाहपुर अस्पतालबाट ६ सय ८४ जनालाइ प्रसुती सेवा प्रदान गरेको अधिकृत पालले जानकारी दिएका छन । यसैगरी चन्द्रनिगाहपुर अस्पतालले क्षयरोगको पनि उपचार गदै आएको छ । गत आर्थिक बर्षमा चन्द्रनिगाहपुर अस्पताल अन्र्तरगत ४३ जना क्षय रोगीको उपचार भएको सो फाटका प्रमुख कुल प्रसाद तिमलसिनाले जानकारी दिएका छन । २०७९/०८० को तुलनामा गत आर्थिक बर्षमा क्षयरोगीहरु केही घटेको फाट प्रमुख तिमलसिनाले जानकारी दिए । क्षयरोगका बिरामीहरुलाइ सम्पुर्ण किसिमको उपचार निशुल्क रहेको छ ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालका ल्याब प्रमुख गजेन्द्र चौधरीले दिएको जानकारी अनुसार साउन महिनामा ३ जनामा डेंगु रोग पोजेटिभ देखिएको हो । साउन महिना भरी १ सय २६ जनाको डेंगु रोगको परिक्षण गराउदा ३ जनामा पोजेटिभ देखिएको ल्याब प्रमुख चौधरीले जानकारी दिए । यसैगरी भदौ महिनामा पनि १ जनामा डेंगु पोजेटिभ देखिएको उनले बताए । पहिलको तुलनामा अहिले डेंगु रोगीको संख्या घटेको भएता पनि जोखिम भने उत्तिकै रहेको उनले जानकारी दिए । यसैगरी प्रादेशीक अस्पताल गौरमा भने अहिले सम्म १ जनामा मात्रै डेंगु पोजेटिभ देखिएको गौर अस्पतालका ल्याब प्रमुख कपिलदेब झाले जानकारी दिएका छन ।



यता स्वास्थ्य कार्यालय रौतहटले भने रौतहटको बिभिन्न प्रकारको रोग तथा बिरामीहरुको तथ्याङक राख्न छाडेको पाइएको छ । सो कार्यालयका प्रमुख महेश साहले तथ्याङक नभएपछि बिभिन्न बाहना गरेर टार्ने गरेका छन । रौतहट जिल्लामा डेंगु रोगी बढिरहदा सो कार्यालयमा अहिले एउटा पनि डाटा नभएको प्रमुख साहले बताए तर चन्द्रनिगाहपुर अस्पातल, गौर अस्पताल लगायतका निजि अस्पतालहरुमा डेंगुको रोगी भएको बताइरहेका छन । यस्तै क्षयरोगीको डाटा पनि सो कार्यालयले राख्न छाडेको छ ।