प्राइम खबर संबाददाता | भदौ २४, २०८० आइतबार

मौसमी रुघाखोकी तथा ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भू-भागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको सुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्।

मौसमी बिमारी कहिले हुन्छ ?
नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेको छ।



यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुगेको डाक्टर बताउँछन्।

मौसमी भाइरल ज्वरो र डेङ्गीका धेरै लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्ने उनीहरुको भनाईँ छ ।

लक्षण
– ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
– टाउको दुख्ने
– घाँटी दुख्ने
– रुघाखोकी लाग्ने
– श्वास फेर्न गाह्रो हुने
– बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

बच्ने उपाय
– खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
– साबुन पानीले मिची मिची हात धुने गरौं।
– पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
– ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
– आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
– ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
– शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
– आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
– सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
– अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।