प्राइम खबर संबाददाता | बैशाख २३, २०७८ बिहिबार

 संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । सो परिक्षणका लागी स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा यो रिपोर्ट आएको हो । हिजो १२८ जना सांसद र  कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत ४८१ जना गरि जम्मा ६०९ जनाको स्वाव संकलन गरिएको थियो ।