न्यूज डेस्क | भदौ २२, २०८१ शनिबार

रौतहट। चन्द्रपुर नगर उद्योग वाणिज्य संघ र संकल्प साकोसको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।


चन्द्रपुर नगरपालिकाको प्राङ्गणमा हरितालिका तीजको अवसरमा आयोजक संस्थाले  राष्ट्रिय लोक तथा दोहोरी कलाकारका साथमा महिलाहरुलाई नचाएको हो। 



तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए। 



उक्त खुल्ला नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीतामा सहभागी महिलाहरुलाई आयोजक संस्थाले पुरस्कार समेत प्रदान गरेको थियो। 

चर्चित राष्ट्रिय कलाकार ढाकाराम पौडेल र पार्वती लोहनीका साथमा भोईस अफ नेपाल सिजन ३ का पाँचौं स्थान हासिल गर्न सफल चर्चित गायक कर्णराज गिरीको प्रस्तुतिमा कार्यक्रममा सहभागीहरुले कार्यक्रमको आनन्द लिएका थिए ।