न्यूज डेस्क | चैत १०, २०८० शनिबार

रौतहटको चन्द्रनिगाहपुरमा अवस्थित चाँदनी कला प्रशिक्षण केन्द्रको आयोजनामा  होली तथा इद मिलन समारोह कार्यक्रम संयुक्त रूपमा सम्पन्न भएको छ।

शनिबार केन्द्रको प्रशिक्षण हलमा भएको होली तथा इद विशेष साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।



" हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान" भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय संगितकर्मि संघ चाँदनी कला प्रशिक्षण केन्द्रले संयुक्त रूपमा आयोजना गरेको प्रशिक्षण केन्द्रका डाईरेक्टर शेख वाहिद अलि उर्फ फूलबाबुले बताए।

होली पर्वको आगमन सँगै आउँदै गरेको इद पर्वलाई समेत स्वागत गर्दै आपसी सत्भव एबम् भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने उदेस्य सहित हिन्दू एबम् मुस्लिम दुवैको पर्व एकै मञ्चबाट मनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक राष्ट्रिय संगितकर्मि संघ रौतहटका अध्यक्ष रामबहादुर घलानले बताए। 

कार्यक्रममा नृत्य, गायन, प्रहसन,साहित्य एबम् क्यारीकेचर लगायतका प्रस्तुती स्थानीय कलाकारहरुले दिएका थिए।