न्यूज डेस्क | बैशाख ८, २०८३ मंगलबार
नयाँ सरकार बनेसँगै फेरि रौतहटको कहालीलाग्दो विभत्स हत्याको प्रसंग छेडिएको छ । २०६३ साल चैत १३ गते २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको सो घटना बेलाबखत यस्तै गरी चर्चामा आउँछ ।
त्यतिबेला उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले जिल्ला प्रशासनबाट अनुमति लिएर राइस मिल मैदानमा कार्यक्रम राखेको थियो । ‘माओवादीका प्रभु साहले त्यसलाई भाँड्ने गरी त्यही दिन र त्यहाँ आमसभा गर्ने भनेर पार्टीभित्र कुरा राखे । त्यतिखेर मधेशी मुक्तिमोर्चाको अध्यक्ष प्रभु र इञ्चार्ज मातृका यादव थिए तर यी दुईबीच द्वन्द्व थियो । मातृका नगर्ने पक्षमा, प्रभुचाहिँ गर्ने पक्षमा उभिए,’ स्रोतले भन्यो, ‘आन्तरिक द्वन्द्वको उक्त प्रसंग माओवादीकै प्रतिवेदनमा छ । पार्टीले शुरुमा कार्यक्रम नगर्नु भन्यो तर प्रभुले धेरै दबाब दिएपछि लौ त भन्नेमा नेताहरु पुगेका हुन् ।’
स्रोतका अनुसार डेपुटी कमाण्डर वर्षमान पुन प्रभु साहपट्टि थिए । सोहीबमोजिम उनले सिन्धुली र मकवानपुरतिरका लडाकुहरूलाई प्रशासनले अनुमति नदिए पनि गौरको कार्यक्रममा जान दिए । ‘त्यही राइस मिलको एक कुनामा उनीहरूले सानो मञ्च बनाएर कार्यक्रम गर्ने भए,’ स्रोतले भन्यो, ‘उता फोरमवालालाई लाग्यो– लडाकुहरू लड्नैका लागि आएका हुन् । रौतहटको गौरमा पहिलेको लुटपाटजस्ता विभिन्न कारणले गर्दा माओवादीको बदनामी थियो । त्यस्तो स्थितिमा त्यहाँ उनीहरूले कार्यक्रम गरे । मञ्चमा फोरमको भाषण चलिरहेको थियो, त्यसैमा एक्कासि आक्रमण भयो र भागाभाग मच्चियो ।’
एकअर्कासँग पहिलेदेखि नै इगो र त्यसमाथि लडाकु पनि थपिएपछि दुवै पक्ष आक्रामक भए । स्थानीय बासिन्दा घरेलुु हतियार लिएर निस्किए । ‘माओवादी लडाकुहरू ज्यान बचाउन स्थानीयका घरतिर छिरे, जुन फोरमवालाको घर थिए । उनीहरू घरबाट लाठीमुङ्ग्रो लिएर निस्किए । अनि बाटोमा र खेतमा जहाँ भेटिन्छ त्यहीँ माओवादीमाथि आक्रमण गर्न थाले,’ स्रोतले भन्यो, ‘बाहिरबाट गएका हुनाले कुन बाटोबाट भाग्ने भन्ने मेसो नै पाएनन् । फोरमका स्थानीय तहलाई पहाडे मूलका मान्छे चिन्न गाह्रो भएन । गाउँ छिरेका सबैलाई अन्धाधुन्द प्रहार हुँदा ज्यान बचाउन भागेका २७ जनालाई मारिदिए ।’यसबारे युएन, मानवअधिकार आयोग र माओवादीले आन्तरिक अध्ययन गरेका छन् । जुन प्रतिवेदन सार्वजनिक भएको छैन । सरकारको तर्फबाट पनि दुई तीनवटा प्रतिवेदन छन् ।
मुख्य डिजाइनकर्ता
‘प्रचण्ड प्रधानमन्त्री भएको बखत प्रभु साहले केही कार्यकर्तालाई तल आन्दोलन गर्ने र दबाब सिर्जना गर्ने नाममा काठमाडौँमा डेलिगेसन ल्याएर दबाब दिन खोजे । नारायणकाजी गृहमन्त्री थिए । प्रक्रिया अगाडि जान खोज्दा रोक्ने काम भयो,’ स्रोतले भन्यो, ‘अनि सत्तापक्षकै मान्छेलाई यसो गर्नुभएन भन्ने हिसाब आयो । रवि गृहमन्त्री हुँदा पनि प्रक्रिया रोकियो ।’
केपी ओली आएपछि फेरि मुद्दा उधिन्न खोजियो । ‘त्यहीबेला सर्वोच्चबाट छानबिन गर्नु भन्ने परमादेश जारी भयो, पत्र जिल्ला प्रहरी प्रमुखका नाममा गयो । गौर हत्याकाण्डका दोषीहरू क–कसलाई मुद्दा चलाउनुपर्ने हो छानबिन गर्नु भन्ने आदेश हो सर्वोच्चको,’ स्रोतले भन्यो, ‘त्यही सन्दर्भमा सुधन गुरुङले सोधखोज गरेको हुनुपर्छ ।’
‘उपेन्द्र यादवलाई पनि समात्ने भन्ने होला । त्यही भएर उनी गत हप्ता सप्तरीको बैठक छाडी कुदेर काठमाडौं आए,’ स्रोतले भन्यो, ‘काम देखाउनु छ, ड्याङ ड्याङ समात्यो तर त्यसको प्रतिक्रिया भोलि के हुन्छ भनेर हेरेको देखिँदैन ।’
प्रतिवेदनले सो घटना हुँदा उपेन्द्र काठमाडौंमा रहेको देखाएको स्रोतको दावी छ । त्यसबेला पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी रामकुमार शर्मालाई दिइएको थियो । पछि उनै माओवादीमा प्रवेश गरिदिए ।
स्रोतका अनुसार प्रभु आफू उम्किने बहानामा छन् । माओवादी छोडेर फरक अभियानमा जोडिएका उनले अरु नै दुई चार जना र उपेन्द्रलाई दोषी देखाउन खोजेको दावी एक नेताको छ । स्रोतले भन्यो, ‘उपेन्द्रलाई थुनाउन पाइयो भने मधेशको राजनीतिमा आफू हावी हुने सोच होला ।’ त्यही भएर उनले गत हप्ता रवि लामिछानेलाई भेटेका थिए । जनआस्थाबाट