प्राइम खबर संबाददाता | साउन ३, २०७८ आइतबार

आईतबार बिहानबाट सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवकको खोजि गरिँदै छ । बागमती नगरपालिका १ का १८ वर्षीय सुशान्त थापा शनिवार दिउँसो सो तालमा माछा मार्न गएका थिए। बागमती नगरपालिका वडा नं. १२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिरहेको भरत तालमा माछा मर्ने क्रममा डुबेर युवक बेपत्ता भएका थिए । शनिवार दिउसो ४ बजेतिर तालमा डुबेका थापालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु मिलेर राती अबेरसम्म खोजी गरेको स्थानीयले बताएका छन्। ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवका अनुसार तालमा संचालित बोट र नेपाली सेनाको अर्को एउटा बेग्लै बोटको सहायताले तथा पौडी खेलेर खोज्दा पनि युवकको अवस्था थाहा पाउन सकेको छैन। अहिले बिहानबाट पुनः तालमा बोट प्रयोग गरी र पौडी खेलेर बेपत्ता युवकको खोजी गर्न नेपाली सेनासँग समन्वय गरिरहेको उनले जानकारी दिएका छन्। थापासँगै तालमा माछा मर्न गएका अरु  साथीहरु भने पौडी खेलेर बाहिर निस्किएको प्रहरी निरीक्षक यादवले बताए !