प्राइम खबर संबाददाता | साउन ५, २०७८ मंगलबार

मोरङ । मोरङको उर्लाबारी-१ स्थित मेचेडागीमा विकासे पैनीमा आएको बाढीका कारण  कटान भएको क्षेत्रमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले निरिक्षण गरेका छन् ।

आसार अन्तिम साता तिर आएको बाढीका कारण विकासे पैनीले सो क्षेत्रमा कटान गर्नुका साथै निर्माणधिन कल्र्भटको एउटा पंखामा समेत क्षति पुर्‍याएको छ ।



मेचेडाँगीबाट १ नम्बर वडा कार्यालय जाने सडकको विकासे पैनीमा निर्माण भएको कल्भर्टको एक साइडमा कटान लागि बाढीले क्षति पुर्‍याएपछि यतिबेला सो कल्र्भटको मर्मत सम्हारको काम अगाडी बढाईएको छ ।

मेचेडागीका स्थानियहरुको सहज, सरल र छोटो बाटोको रुपमा प्रयोग गर्दै आएको बाटोमा निर्माणधिन कल्र्भटको एक साइडमा काटान लाग्दा आवतजावतरमा समस्या भएको वडा नम्वर १ का वडाअध्यक्ष मछिन्द्र कार्कीले बताए । 

कल्र्भटको बनोट दर्विलो भएकता पनि ठेकेदारले काम छिटो सम्पन्न गर्नका लागि हतार-हातारमा बाढीको सम्भाव्य जोखीमलाई ध्यान नदिई निर्माण प्रक्रियालाई अगाडी बढाउदा कल्र्भटको साइडमा कटान लागेर पंखामा क्षति पुगेको स्थानिय जंग बहादुर खोक्रेलले बताए ।

यता सोमबार बाढीको कारण क्षति पुगेको स्थानको स्थलगत निरिक्षण गरी उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोले निर्माण पक्षलाई क्षति पुगेको ठाउमा पुनः निर्माण गर्न सुझाव दिदै मापदण्ड विपरित कार्य भएको भेटिए कार्वाही गरिने बताए । 

पुरानो विग्रेको कल्र्भट निर्माणको जिम्मा झापाको सन्स निर्माण सेवा प्राली कन्काइले १७ लाख ३५ हजार ६ सय ५९ रुपैया ६२ पैसामा हात पारेको थियो 

यता योजना अनुगमन समिती संयोजक उप-प्रमुख लक्ष्मी देवी भण्डारीले निर्माण पक्षले योजना समझौता अनुरुप काम सम्पन्न गरी केही रकम लगेको भएता पनि बाकी रकम निकासा हुन बाकी रहेको बताइन्