प्राइम खबर संबाददाता | साउन ६, २०७८ बुधबार

 कृषि सामाग्री कम्पनि लिमिटेड चन्द्रनिगाहपुर उपशाखाले किसानका लागि दिने अनुदानको युरिया मल चन्द्रनिगाहपुरको एक पसलबाट बरामद भएको छ । सहकारी संस्था मार्फत किसानले पाउनुपर्ने मलखाद्य व्यापारीको पसलमा फेला परेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लब समुहका स्थानीय नेताले प्रहरीमा खबर गरेका थिए । किसानले अनुदानको मल नपाएर भौतारिएको बेला चन्द्रनिगाहपुर बजारमा रहेको दिप एण्ड दिव्या एग्रोभेटमा महंगोमा युरिया मल बेच्दै गरेको थाहा पाएपछि नेपाल कम्युनिष्ट पार्टी विप्लवका जिल्ला सेक्रेटरी कुमार राई सहितले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा खबर गरेका थिए ।  सुचना प्राप्त भएपछि प्रहरीले मलखाद्य बरामद गरेर ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा  राखेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । बरामद भएको मलखाद्यको बिषयमा अनुसन्धान भईरहेको  डिएसपी लामिछानेको भनाई रहेको छ ।