प्राइम खबर संबाददाता | साउन ३२, २०७८ सोमबार


सर्लाही,कोरोना महामारी कायमै रहेकोले प्रभावकारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले भदौ ७ गते १२ बजे सम्मको लागि  आदेस जारी गरिएको छ । 
सर्लाहीमा अहिले पठनपाठन बाहेक सबै सेवा निर्वात रुपमा संचालनमा रहेको छ । खोप-पिसिआर चेकजाँचलाई प्राथमिकतामा राखेर रोकथाममा सहयोग गर्ने  निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । स्कुल संचालन गर्न पाउनुपर्ने माग बारे छ्लफल भए पनि तत्काल खोल्ने निर्णय नभएको प्रजिअ महतोले बताए । बैठकले कोभिसिल्डको दोस्रो डोज लागाउन बाकी रहेकालाई भदौको दोस्रो साताबाट लगाउन सुरु गरिनेछ भने  तत्काल कुनै सरकारी तथा निजिसेवा बन्द गर्ने निर्णय नभएको बैठकमा सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्रले जानकारी दिएका छन् ।
 कोरोना महामारी  नियन्त्रण रोकथाम प्रयासका लागि खोपलाई प्राथमिकतामा राखेर खोप दिन सके महामारी नियन्त्रण हुन सक्ने जानकारहरु बताउँछ ।