एजेन्सी | असोज १५, २०७८ शुक्रबार

उत्तर कोरियाले पुन: अर्को नयाँ मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले एन्टी–एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ ।

एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको छ । केही दिन पहिला पनि उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले मिसाइल परीक्षणले अस्थिरता र असुरक्षा बढाएको बताएका छन् ।

 आत्मरक्षाका लागि हतियार आवश्यक भएको उत्तर कोरियाको भनाई रहेको छ ।