एजेन्सी | असोज १८, २०७८ सोमबार

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता पाउन माग गर्दै अदालतसम्म पुगेर ट्वीटर विरुद्ध मुद्दा हालेका छन् । गत जनवरी ६ को अमेरिकी संसद हमलालाई प्रोत्साहन गरेको आरोपमा उनलाई ट्वीटर लगायत सबै प्रमुख सामाजिक संजाल प्लेटफर्मबाट प्रतिबन्धित गरिएको थियो ।

घटनामा ट्रम्प समर्थकहरुले संसदमा घुसपेठ गरि आतङ्क मच्चाएका थिए । यसबीच पुलिससँग भएको झडपमा पाँचजनाको मृत्यु भएको थियो भने यसलाई अमेरिकी इतिहासकै भयानक दिनको नाम दिइएको छ । 

तर ट्रम्पले भने संसदमा रहेका डेमोक्रेट्सहरुको दबाबमा आएर उनको अकाउन्ट बन्द गरिएको आरोप लगाएका छन् । आफ्नो अनलाइन आवाज गुमाएको भन्दै उनले पुनः अकाउन्ट रिस्टोर गरिदिन अदालतमा माग गरेका हुन् । तर ट्वीटरले चाहिँ आफूहरुको नीति विपरित काम गरेकाले अकाउन्ट बन्द गर्नुपरेको बताउँदै आएको छ ।