प्राइम खबर संबाददाता | कात्तिक २८, २०७८ आइतबार

रौतहट जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गतको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ को वडा अधिबेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनमा विभिन्न पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका भएता पनि वडा सभापति, खुल्ला क्षेत्रीय प्रतिनिधि एबम् खस आर्य कोटा अन्तर्गतको प्रतिनिधि बीच चुनावी प्रतिस्पर्धा भएको हो ।



चुनावी प्रतिस्पर्धामा सभापति पदको लागि भएको निर्वाचनमा कुल सदर मत १ सय ६५ मत मध्य १सय १ मत ल्याएर नेत्र बहादुर कुष्वार विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मुकुन्द प्रसाद शर्माले ६० सदर मत हासिल गरेका हुन्।

यसैगरी खुल्ला क्षेत्रीय प्रतिनिधि अन्तर्गत भएको चुनावमा श्याम हरी चौलागाईं, संगम श्रेष्ठ,अरुण लामा, नरेश लामिछाने, भगवान बहादुर दर्लामी र अजयकुमार शाहले बाजी मारेका छन् ।

खस आर्य कोटा अन्तर्गतको कोटामा भएको चुनावी प्रतिस्पर्धामा पुस्कर दीप वोलखेले १ सय १० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी तारक नाथ घिमिरेलाई पराजित गरेका छन् ।

वडा अधिवेशन बाट सभापतिमा निर्वाचित भएका नेत्र बहादुर कुष्वारले आफू निर्वाचित भएपछि प्रतिक्रिया दिँदै ‘अब आफ्नो काँधमा जिम्मेवारी थप भएको र सो जिम्मेवारी आगामी स्थानीय निर्वाचनमा कांग्रेसलाई वडामा पहिलो नम्बरको पार्टी बनाई विजयी गराउने लक्ष्यसाथ पार्टी संगठन सुदृढीकरणमा लाग्ने’ सभापति कुस्वारले बताए ।

निर्वाचनमा लोकप्रिय मत प्राप्त गएका श्यामहरी चौलागाईंले १ सय २४ मत प्राप्त गरेका छन् ।

चुनावी प्रतिस्पर्धा भएको भन्दा बाहेकका वडा समितिको विभिन्न पदमा भने सबै निर्विरोध नै निर्वाचित भएका छन् भने विभिन्न कोटा अन्तर्गतको क्षेत्रीय प्रतिनिधिहरू समेत निर्विरोध निर्वाचित भएका छन् ।