प्राइम खबर संबाददाता | मंसिर १४, २०७८ मंगलबार

आश्रय निर्माण सेवाले जिल्लाको कटहरिया स्थित सडक संरचना बिगारेर जथाभावी ढल तथा नाला निर्माण गर्न थालेका छन ।
आश्रय निर्माण सेवाका संचालकले ठेक्का लिएको नाला निर्माणको काम आफैले नगरी पेटि ठेकदारमार्फत गराएर बजार क्षेत्रकै सडक संरचना बिगारेको आरोप स्थानियहरुले लगाउदै आएका छन्।
पेटि ठेकदारले जथाभावी बाटो खन्दा कटहरियामा पटक पटक खानेपानीको पाईप समेत फुटेर खानेपानी सेवा समेत अवरुद्ध हुँदै आएको छ ।
कटहरिया नगरपालिका वडा ४ र ५ मा ढल तथा नाला निर्माणको लागि खानेपानी तेस्रो साना सहरी आयोजनाले गतबर्ष निकालेको ५४ करोडको टेन्डर आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा साकार गरेको थियो ।

सो निर्माण सेबाले  ठेक्का साकार गरे पश्चात कटहरियामा ढल तथा नाला निर्माणको काम पेटि ठेकदार मार्फत सुरु गराउंदा गुणस्तरहिन बालुवा एबम् मिठापाक ईंटा नालाको जोडाईमा  प्रयोग नगरेको पाईएपछी स्थानीयले २ दिनसम्म काम रोकेका थिए ।
पछि रौतहटका तत्कालीन सिडियो ईन्द्रदेव यादवको रोहवरमा ठेकदार साहका भाई नागेन्द्र साहले ढल तथा नाला निर्माण काम स्तरीय गर्ने प्रतिबद्धता गरेपछि पुनः निर्माण काम सुरु गरिएको थियो ।
यसपटक निर्माण काम सुरु गर्नु अघि कटहरियाका नगर प्रवक्ता चन्दन कुश्वाहाले मेयर सियाराम कुश्वाहाको रोहवरमा ठेकदार संग जनप्रतिनिधिको छलफल गराएको थियो ।
छलफलमा बजार क्षेत्रमा ढल तथा नाला निर्माण गर्नु अघि स्थानीय जनप्रतिनिधि संग समन्वय गरेर काम अगाडि बढाउने सहमति भएको थियो ।
त्यति मात्र नभई प्रोजेक्ट ईन्जिनियर बिजेन्द्र यादवको मिलोमतोमा पेटि ठेकदारले बजारको मुल सडकको छेउमा ८ देखि १० फिट खाली छोडेर नाला निर्माण गरिरहेकाले सडक संरचनानै बिग्रीरहेको कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाले गुनासो गरेका छन ।
आफू एमाले पार्टीको महाधिवेशनमा ब्यस्त रहेकोे मौका पारेर मुल र पेटि ठेकदारले बदमासी गरेको कटहरियाका मेयर सियाराम कुश्वाहाले बताएका छन्  ।