प्राइम खबर संबाददाता | पुस १७, २०७८ शनिबार

नेकपा माओबादी केन्द्रको आठौ राष्ट्रिय महाधिबेसन काठमाण्डौको कमलादि स्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । 
देशैभरबाट हजारौ प्रतिनिधि महाधिबेशनमा सहभागी छन् यसैबिच प्रदेश नम्बर २ को रौतहटबाट पनि महाधिबेशनका लागी संघिय राजधानी काठमाण्डौ तर्फ सयौ हुईकिएका छन् । जसमध्ये एक हुन् पूर्ब उर्जा राज्यमन्त्री समेत रहेका सत्यनारायण भगत बिन्द निषाद उनको अहिले पार्टीभित्रका नेता कार्यकर्तामाझ बिबादित बनेका छन् । कहिले आफ्नै नेतृत्वको आलोचना गरेर त कहिले पूर्बमन्त्री समेत रहेका गिरीराजमणी पोखरेललाई सार्बजनिक रुपमै अपराधि भनेर भनेपछि उनी बिबादित बनेका हुन् । तर यतिमात्र नभई पूर्ब राज्यमन्त्री बिन्दले पार्टीको महाधिबेशनमा आफ्नै श्रीमतीलाई समेत महाधिबेशन प्रतिनिधि बनाएको तथ्य खुलेको छ । रौतहटमा माओबादी केन्द्रको सक्रिय राजनितीमा लागेका अन्य नेता कार्यकर्तालाई पाखा लगाउदै बिन्दले आफ्नी श्रीमतीलाई पार्टीको महाधिबेसनमा सहभागी हुन ब्यबस्था मिलाउन सफल भएका हुन् । 


महाधिबेशन प्रतिनिधि सदस्यता नम्बर पी २२०२२६८६८ रहेको धनमति कुमारी देबी नेता बिन्दकी धर्मपत्नी हुन् । नेता बिन्दको भने सदस्यता नम्बर पी २२०२२६८६७ रहेको स्रोतले बताएको छ । उनकी श्रीमती माओबादी केन्द्रको सक्रिय राजनितिमा सामेल नरहेको र चन्द्रपुरका पार्टीका कार्यकर्तामाझ  उनको नाम पनि कसैले नसुनेको एक्कासी प्रतिनिधिमा सिफारीस भएपछि आफूहरु छक्क परेको एक माओबादी नेताले बताए । नेता एबम् पूर्ब राज्यमन्त्रीको श्रीमती भएकै भरमा उनलाई महाधिबेशन प्रतिनिधि बनाईएको हुनसक्ने स्थानिय माओबादीको दाबी समेत रहेको छ ।

श्रीमान श्रीमती दुवै जना चन्द्रपुर नगरपालिकाबाट महाधिबेशनमा प्रतिनिधित्ब गरेका हुन् । दुबैको प्रतिनिधि कार्डमा ठेगाना चन्द्रपुर नगरपालिका, प्रदेश नम्बर २ उल्लेख गरीएको छ । माओबादी नेताहरुको आफ्नालाई काख र अन्यलाई पाखा लगाउने प्रबृत्तीले गर्दा रुष्ट भएका जिल्लाका माओबादी नेता कार्यकर्ताहरु निष्कृय झै बसेका छन्  । नेताहरुको यस्तै रबैयाका कारण जिल्लामा कुनै निर्बाचन माओबादी पार्टीले जित्न नसक्ने अबस्था रहेको राजनितिक बिश्लेसकहरु बताउछन् ।