प्राइम खबर संबाददाता | पुस १९, २०७८ सोमबार

नेकपा माओवादी केन्द्र रौतहटका जिल्ला इन्चार्ज समेत रहेका माओवादी नेता युवराज भट्टराई पार्टीको केन्द्रीय सदस्यमा चयन भएकाछन् । काठमाण्डौको कमलादीमा सम्पन्न माओवादीको आठौं राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय सदस्य पदमा चयन भएका हुन ।

जनयुद्ध कालदेखि नै माओवादी पार्टीमा काम गरेका भट्टराई हालै काठमाण्डौमा सम्पन्न भएको माओवादी केन्द्रको महाधिबेसनबाट केन्द्रीय सदस्यमा चयन भएका हुन । भट्टराई यस अघि पनि केन्द्रीय सदस्य पदमा रहेका थिए ।



 युवा माझ लोकप्रिय नेताका रुपमा परिचित रहेका भट्टराई स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिकाको मेयर प्रत्यासी थिए ।