प्राइम खबर संबाददाता | पुस २२, २०७८ बिहिबार

आगामी निर्वाचनहरूलाई ध्यानमा राखेर नेपाली काँग्रेश रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ ले टोलभेला कार्यक्रमलाई निरन्तरता  दिदै संगठन बिस्तारमा तिब्रता दिएको छ । 
 सो वडाका सभापति नेत्र बहादुर कुश्वारको सक्रियतामा बडाका बिभिन्न टोलहरुमा संगठन बिस्तारका कार्यहरु धमाधम भइरहेका छन् । 



नेपाली कांग्रेसको चन्द्रपुर नगरपालिकाको  वडा नम्बर ६ अन्तर्गतका मोथियाही, ठोकर टोल, बेल्डी टोल, बजार टोलमा टोल भेला सम्पन्न गरीसकेको काँग्रेशले बिहिबार डाबरी टोलमा टोल भेला सम्पन्न गरेको छ  ।  स्थानिय काँग्रेश कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको डाबरी टोलको टोल भेलाले उपेन्द्र भोलनको संयोजकत्वमा ३१ सदस्य टोल समिती गठन गरेको छ । 
संयोजक भोलनले नेपाली काँग्रेशको संगठन बिस्तारमा आफू कटिबद्ध भई लागेर टोलमा काँग्रेशलाई मजबुद बनाई गाउका युवा शक्तिलाई समेत परिचालित गर्ने बताएका छन् । पार्टीले दिएको जिम्मेबारीलाई कुशलतापूर्बक निर्बाह गर्ने उनको भनाई रहेको छ । 

कार्यक्रममा महाधिवेशन प्रतिनिधि केदार बहादुर थापा,महाधिबेशन प्रतिनिधि प्रत्यासी नरेश लामिछाने,श्यामहरी चौलागाई, क्षेत्रिय प्रतिनिधि अजयकुमार साह, भगवान दर्लामी, संगम श्रेष्ठ, अम्बिका बस्नेत,सुमित्रा थापा लगायत नेपाली काँग्रेशका बिभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।  
वडामा नेपाली काँग्रेशलाई पहिलो शक्तिको रुपमा स्थापित गराउन वडाभरीका प्रत्येक टोल टोलमा संगठन बिस्तार गने लक्ष्य रहेको र सोही अनुरुप कार्य भईरहेको वडा सभापति नेत्र कुश्वारले जानकारी दिएका छन् ।