प्राइम खबर संबाददाता | पुस २९, २०७८ बिहिबार

प्रतिबन्धित लागुऔषधसहित रौतहटबाट एकजना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको नियमित गस्ती टोलीले बिहीबार चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित थलही टोलबाट २० वर्षीय सुमन वि.कलाई पक्राउ गरेको हो ।

 संकास्पद गतिविधि देखिएपछि विकलाई संकाको आधारमा चेकजाँच गर्दा डाइजेल्याव इन्जेक्सन आइपी २ एमएलको ३८ थान, बुपरेनोफिन इन्जेक्सन आईपी २ एमलको ३६ थान, आरएक्स प्रोमेथराजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइपी फेनेरगन २ एमएलको ३९ थान र नाइट्राभेट ट्याब्लेट ३२ थान विकको साथबाट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।



 पक्राउ परेका वि.कलाई लागुऔषध ओसारपसार ऐनअनुसार अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।