प्राइम खबर संबाददाता | माघ ८, २०७८ शनिबार

चिसो मौसम बढेसँगै चियाको पारखीहरुका लागि नयाँ चिया बजारमा आएको छ । स्वादिष्ट एबम् स्वास्थ्यवर्धक बहु उपयोगी गुण सहितको यु आर गोल्ड प्रीमियम मसला  चियाले आफ्नो उत्पादनको  प्रचार-प्रसार लाई नौलो ढंगबाट सञ्चालन गरेको छ । 


बाराको सिमरामा उत्पादित उक्त चिया विशुद्ध नेपाली माटोमा उत्पादन भएको अर्गानिक चिया भएको कम्पनीको भनाइ रहेको छ । पूर्वको मेचीमा उत्पादित चियाको प्रशोधन पश्चात बाराको सिमराबाट बजारीकरण गरिएको उक्त चियामा विभिन्न किसिमका चिया मसलाहरू लगायत तेजपात,ल्वाङ,गुर्जो लगायतका जडीबुटीहरुको समेत समिश्रण भएको चिया स्वास्थ्यवर्धक रहेको हुँदा सबैले त्यसको सेवन गर्न मिल्ने उक्त चियाका मार्केटिङ प्रमुख  सञ्चालक उमेश चौलागाईको भनाइ रहेको छ । 




 शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरिएको उक्त मसला चियाको स्टल सहितको कार्यक्रमममा कम्पनीले आफ्नो उत्पादन ग्राहक वर्गलाई चखाउने उद्देश्यले चिया पकाएर समेत ग्राहकहरुलाई चियाको चुस्की लगाउने वातावरण मिलाएको हो । विभिन्न परिमाणको प्याकेटमा सहुलियत दरमा उपलब्ध हुने उक्त चिया बस्तम्मै लाभदायक रहेको अनुभव चिया समेत स्वादिष्ट रहेको कार्यक्रमममा उपस्थित सञ्चारकर्मी अशोक कुमार पहाडीले बताए ।