प्राइम खबर संबाददाता | माघ ९, २०७८ आइतबार

एमाले रौतहटका जिल्ला पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । आईतवार एमाले पार्टी कार्यालय गाैरमा एक कार्यक्रमको आयोजनामा पदभार सम्हालेका हुन् । नेकपा (एमाले) रौतहटको  ९ औं जिल्ला एकता अधिवेशनबाट चयन भएका  जिल्ला पदाधिकारीहरुले आईतबारबाट औपचारिक रूपमा पदभार सम्हालेका हुन् । 

  पदभार ग्रहण गर्नेमा पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साह ,उपाध्यक्ष दिपक यादव, उपसचिव रुपेश पटेल लगायत रहेका छन् । निवर्तमान जिल्ला अध्यक्ष तुलसी राज गिरीले भने नव नियुक्त जिल्ला कमिटीका पदाधिकारी लाई अवैध को संज्ञा दिएका छन् । पूर्वसांसद प्रभु साहको इशारामा मनोमानी ढंगले आफ्ना आसेपासे कार्यकर्तालाई स्वेच्छाले नियुक्त गरेको आरोप लगाउँदै गरुडामा समानान्तर बैठक समेत आह्वान गरी अघिल्लो निर्णय बदर गर्न माग समेत गरेका थिए । 



उता सदरमुकाम गौरमा भएको पदभार ग्रहण कार्यक्रममा पुगेका  कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा,माैलापुर नगरप्रमुख रिना साह,फतुवा बिजयपुर नगरपालिकाकि उपमेयर कान्ति देवी,देवाही गाेनाही नगरपालिकाकि उपमेयर परनिया देवी पटेल,आईटि आर्मीका जिल्ला संयाेजक नरेश साह तुरहा लगायतका नेता कार्यकर्ता शुभकामना दिन कार्यक्रम स्थल एमाले जिल्ला पार्टी कार्यालय गौर पुगेका हुन् । 

 आईतबार गौरमा भएको एमालेको कार्यक्रमबारे आफूलाई जानकारी नभएको र पदभार कार्यक्रममा शुभकामना लिने र दिने दुवै प्रभु साहको कार्यकर्ता मात्र भएको हुँदा त्यो नेता साहको निजी कार्यक्रम भएको आरोप  एमालेका निवर्तमान अध्यक्ष गिरीले  लगाएका छन् । सहमति वा निर्वाचन दुवै बिना अधक्षमण्डलको आफूखुशी निर्णय आफूहरुलाई मान्य नहुने उनको भनाइ रहेको छ ।  लोकतान्त्रिक मूल्य र  मान्यता विपरित पार्टीलाई धरासायी बनाउन नहुने र जिल्ला पार्टीको विवाद केन्द्रले मिलाउने विश्वास आफूले लिएको  नेता गिरीले बताए ।