प्राइम खबर संबाददाता | चैत ३, २०७८ बिहिबार

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । 

पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य बुधबार राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ ।



बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । वाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ सय अमेरिकी डलर बढाएर १४९५ कायम गरिएको निगमले जनाएको छ ।