प्राइम खबर संबाददाता | चैत ६, २०७८ आइतबार

कांग्रेस निकट नेपाल सांस्कृतिक संघको जिल्ला सभापति पदमा वसन्त आचार्य मनोनित भएका छन् । नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिल कुमार यादव जितेन्द्र निर्वाचित भएसँगै कांग्रेसले आफ्नो भातृ संस्था एबम् शुभेच्छुक संस्थाहरुको रिक्त रहेको पदमा नयाँ नियुक्तिलाई तिब्रता दिएको हो । 
हरेक जिल्लामा  कांग्रेसलाई बलियो शक्तिको रूपमा स्थापित गराउन लागेको कांग्रेसको  शुभेच्छुक संस्था नेपाल संस्कृतिक संघको जिल्ला सभापति पदमा चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित रहेका  आचार्यलाई मनोनयन गरेको  नेपाल संस्कृतिक संघ केन्द्रीय कार्यालयले जनाएको छ ।
नवनियुक्त आचार्य साहित्य सिर्जनामा रौतहट जिल्लामा निकै नाम चलेका व्यक्तिका रूपमा चिनिन्छन् । उनले रचेको गीतमा, उनको सिर्जनामा देशका ख्यातिप्राप्त गायक गायिकाले समेत आवाज दिएका छन् । 
संगठन बिस्तारको जिम्मेवारी सँगै आचार्यलाई चैत्र मसान्त भित्र जिल्लाका १८ स्थानीय तह हरुमा नेपाली कांग्रेस जिल्ला कार्य समिति एबम् सम्बन्धित क्षेत्रका जिम्मेवार पदाधिकारीहरु सँग समन्वय गरी केन्द्रलाई जानकारी गराउन समेत निर्देशन गरिएको केन्द्रीय सभापति तीर्थबहादुर थापाले जनाए । 
संघले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै कला र संस्कृतिको जगेर्ना एबम् रक्षा गर्न गराउन लागि पर्ने रौतहट सभापति आचार्यले बताए । गाउँ गाउँमा लुकेर रहेका प्रतिभाको पहिचान एबम् प्रबर्दन गर्न संघको भूमिका महत्वपूर्ण हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ रहेको छ ।
लामो समयदेखि रिक्त रहेको सो पदमा योग्य एबम् कुशल नेतृत्व पाएसँगै सांस्कृतिक संघले गति लिने र जिल्लामा कला र संस्कृतिको क्षेत्रको सर्वाङ्गीण विकासमा नेता आचार्यको विशेष योगदान रहने  अपेक्षा रहेको कांग्रेस रौतहटका युवा नेता उदय नारायण सापकोटा सुरेन्द्रले बताए  ।