प्राइम खबर संबाददाता | असार ९, २०७९ बिहिबार

सेवाग्राहीलाई गाली गर्ने लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नायब सुब्बा बासुदेव महतो रहेका छन्। सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको डीएसपी कुमार मैनालीले बताए । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएको थियो । सो क्रममा उनले अभद्र गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ।