प्राइम खबर संबाददाता | असार ११, २०७९ शनिबार

चन्द्रपुर नगरपालिकाको नवौ नगर सभा सम्पन भएको छ। शुक्रबार सम्पन्न नगर सभाले आर्थिक बर्ष २०७९÷०८० को लागी अनुमानित १ अर्ब १९ करोड रकम बिनियोजित गरेको छ ।
 नगरपालिकाले  बित्तिय समानिकरण बापत २० करोड १४ लाख,शर्सत अनुदान ३३ करोड ४६ लाख लगायत गरी बिभिन्न शिर्षकबाट गरी १ अर्ब १९ करोड ८७ लाख ९१ हजार अनुमानित बजेट बिनियोजन गरेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेको अध्यक्षता भएको नगर सभामा चन्द्रपुर नगर क्षेत्रको समग्र बिकाश गर्ने उदेश्य अनुसार बजेट ल्याइएको नगर प्रमुख काफ्लेले बताए । समृद्ध चन्द्रपुर र सुखी चन्द्रपुरबासी भन्ने आफ्नो भिजन रहेको र त्यही भिजन अनुरुप कार्य गर्नु आफ्नो दायित्व रहेको उनको भनाई रहेको छ । नगर सभामा उप प्रमुख जयमाला कुमारी चौधरीले स्वागत मन्तब्य राखेकी थिईन । चन्द्रनिगाहपुर स्थित होटल एएन प्लाजामा सम्पन्न नगरसभामा सभा सदस्यहरु को सहभागिता रहेको थियो ।