प्राइम खबर संबाददाता | साउन ११, २०७९ बुधबार

रौतहटको गौर नगरपालिकामा दिनप्रतिदिन चोरको बिगबिगी बढ्दै गएको छ । रौतहटको गौरमा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै जान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरको मौनताले सदरमुकाम गौरमा मोटरसाइकल ,साइकल ,लगायत  पसलका सट्टर ताला फोरेर समानहरु चोरी भईरहेको र प्रशासनले कडाई नगर्दा चोरीका घटनाहरु दिनानुदिन बढ्दै गएको आरोप स्थानिय युवा  सोनु कुमार महतोले लगाएका छन । 
गत मंगलबार राति गौर नगरपलिका स्थित रहेको वडा न.५ कोईरीया टोल बस्ने सोनुकुमार महतोको घरबाट नगद एकलाख रुपैयाँ चोरि भएको समेत महतोले बताएका छन ।  सोही  टोलमै रातमै अन्य ७ जनाको घरबाट ४ थान  मोबाइल चोरी भएको समेत महतोले बताए । चोरी घटनामा संलग्नलाई  अनुसन्धान गरि कानुनी दायरामा ल्याउन तथा अब उप्रान्त त्यस्ता खाले चोरीका घटना हुन नदिन सम्बन्धित निकाय सग स्थानीयले समेत  माग गरेका छ्न।
जिल्ला प्रहरी कार्यालयले गस्ति टोलीलाई निगरानिमा खटाउन नसक्दा सदरमुकाम गौरमा दिन प्रतिदिन चोरिको घटना बढदै गइरहेको स्थानियको आरोप रहेको छ ।