प्राइम खबर संबाददाता | साउन २१, २०७९ शनिबार

रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदाय नारायण सापकोटा (सुरेन्द्र) निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार संघको निर्वाचनमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचित भएको  आधिकारीक घोषणा भने हुन भने बाकी छ । संघको सदस्य पदमा भने २७ जनाले उम्मेदवारी दर्ता गराएका छन । अध्यक्ष पदका लागी  सापकोटाले मात्र उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य सचिब सुमन गौतमले बताए ।  चन्द्रपुर नगर उद्योग बाणिज्य संघको निर्वाचनका लागी साउन २८ गते शनिबारका लागी समय तोकिएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघ निर्वाचन समितिका संयोजक खड्ग बहादुर तामाङले बताए ।