प्राइम खबर संबाददाता | साउन २३, २०७९ सोमबार

नेपाली कांग्रेस रौतहटको प्रभाबशाली नेतृ लक्ष्मी बराल राष्ट्रिय भुमि आयोग रौतहटको सदस्यमा नियुक्त भएकि छिन ।

नेतृ बराललाई सदस्य पदमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार नियुक्त गरिएको हो । बरालको नियुक्ति सँगै आयोगले समेत पूर्णता पाएको छ ।



राष्ट्रिय भूमि आयोग गठन (संसोधन सहित) आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (घ)बमोजिम आयोगको जिल्ला समितिको सदस्य पदमा नियुक्त गरिएको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । लक्ष्मण रेग्मी जिल्ला अध्यक्ष रहेको सो आयोगमा अधिकांस समिति सदस्यहरू चन्द्रपुर नगरपालिकाका  रहेका छन ।