सन्तोष काफ्ले | साउन २५, २०७९ बुधबार

रौतहटको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.ली.ले चन्द्रपुर फार्मेसी सेवा संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै सो अस्पतालले फार्मेसी सेवाको सुरुवात गरेको चन्द्रपुर अस्पतालका  मेडिकल डाईरेक्टर डा. सुबाश कुमार चौधरीले बताएका छन् । 
उक्त फार्मेसीको उद्घाटनका प्रमुख अतिथि नेपाल सरकारका पूर्ब सचिब समेत रहेका डा. शंकरलाल चौधरीले रिबन काटेर गरेका हुन् । चन्द्रनिगाहपुर क्षेत्रमा बिरामीहरुले खोजेको औषधि नपाईने र एउटा बिरामीका लागी धेरै थरी औषधि आबश्यक पर्दा सबै खाले औषधि एकै पसलमा उपलब्ध नहुने र त्यसको लागी धेरैवटा फार्मेसीहरु चाहर्दै हिड्नुपर्ने भन्ने गुनासोलाई समेत मध्यनजर गर्दै  औषधि खोज्दै हिड्नुपर्ने समस्याको समाधानका निम्ति चन्द्रपुर फार्मेसी सन्चालनमा ल्याईएको डा. सुबाश कुमार चौधरीले बताए । उक्त फार्मेसीमा सर्बसुलभ तरीकाले बिभिन्न रोग एबम् उपचारका लागी आबश्यक औषधिहरु तथा सर्जिकल समाग्रीहरु एउटै छानामुनि उपलब्ध हुने हुदा सेवाग्राहीहरु लाभान्वित हुने डाक्टर चौधरीको भनाई रहेको छ । 
फार्मेसीको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तु प्रसाद जैसवार, वडाध्यक्ष दुत्त बहादुर थिङ, लायन्स क्लबका दिपक रेग्मी, फुटबल संघ रौतहटका अध्यक्ष भगवान  दर्लामी, लुम्बिनी बैंकका शाखा प्रबन्धक सुबोध कोइराला लगायत शिक्षक,ब्यापारी,कर्मचारी एबम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।