प्राइम खबर संबाददाता | साउन २६, २०७९ बिहिबार

राैतहटबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा जिल्लाको बौधीमाई नगरपालिका वडा नम्बर ३ स्थितमा बस्ने बर्ष २१ को चन्दन पटेल रहेका छन्। मंगलबार ११:०० बजेको समयमा विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट खटिएको प्रहरी टोलीले बा.७४ प ५५२५ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिएकाे जनाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी कसुर अन्तर्गत मुद्धामा रौतहट जिल्ला अदालतबाट म्याद थप लिई जिलला प्रहरी कार्यालय राैतहटकाे हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।