प्राइम खबर संबाददाता | असोज १३, २०७९ बिहिबार

विश्व मुटु दिवशको उपलक्ष्यमा 'राम्रो स्वस्थ मुटु जीवनको साचो हो’ भन्ने मूल नाराका साथ चन्द्रपुरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार चन्द्रपुर हस्पिटल प्रा.लीको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगिता चन्द्रपुर अस्पतालबाट शुरु भई  तीन किलोमिटर दक्षिण घोडी देवी मन्दिरमा गएर सम्पन्न भएको थियो । दौड प्रतियोगितामा १६ देखि ५० वर्ष उमेर समूहका २५० जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिभिन्न संघ संस्था, सञ्चारकर्मी, विद्यार्थी,शिक्षक,राजनीतिकर्मी,उद्योगी, व्यापारी लगायतकाको प्रतियोगितामा सहभागिता रहेको चन्द्रपुर अस्पताल प्रा.लीका मेडिकल डाइरेक्टर डा. सुवास चौधरीले बताए ।



उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अमित ठाकुरलाई डिजिटल ब्लड प्रेसर मेसिन तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो भने दोश्रो हुने चन्दन कुमार चौधरीलाई म्यानुअल ब्लड प्रेसर मेसिन र तेस्रो हुने राम प्रवेश चौधरीलाई प्राथमिक उपचारको बक्स सेट प्रदान गरिएको डाक्टर चौधरीले बताए ।

कार्यक्रममा डाक्टर चौधरीले स्वस्थ्य मुटु कसरी राख्ने भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । उनले पछिल्ला वर्षहरुमा अस्पतलहरुमा मुटुरोगीको चाप बढ्दै गएको समेत बताउँदै यसले ‘टन्सिलाइटिस, उच्च रक्तचाप,मधुमेहको समयमा उपचार नगर्दा र खराव जिवनशैलीले पनि मुटुरोगको जोखिम उच्च रहने तर्फ सचेत रहन आग्रह गरेका छन्।  दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन तथा तनाव लिने बानीका कारणले पनि मुटु रोगी बढ्दै गएको उनी बताउँछन् । प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरीले स्वास्थ्य मुटुको लागि स्वस्थ्यकर खानपान सँगै जीवनशैली मा विशेष ध्यान दिनु पर्ने बताइन् । यसैबीच मुटु दिवसको अवसरमा सो अस्पताल परिसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।