प्राइम खबर संबाददाता | भदौ ३०, २०८० शनिबार

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।  


धारिलो हतियार प्रहार भएको अवस्थामा दुई जना पुरुष र दुई जना महिलाकाे शव फेला परेकाे प्रहरीले जनाएको छ। हिजो राति करिब १२ बजे शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले बताए । उनका अनुसार शवको पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ। 



'चार जनाकाे शव हिजाे राति नै फेला परेकाे हाे। हत्या हुनेहरू दाेलखाका ३ जना र १ जना माेरङ घर ठेगाना रहेको खुलेको छ । हत्या गरिएकामा दुई पुरूष दुई महिला रहेका छन् ।



हत्या हुनेमा दाेलखाका कुमार भुजेल,उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुमित्रा भुजेल र माेरङका नवीन राई रहेका छन । घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ। अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ।