न्यूज डेस्क | चैत २३, २०८० शुक्रबार

रौतहटको ईशनाथ नगरपालिका ९ स्थित डुमरीयामा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
आगलागीबाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।