न्यूज डेस्क | बैशाख १३, २०८१ बिहिबार

रौतहटको चन्द्रपुर नगरपालिकाले आफनो नगर क्षेत्रका करिब ८१ हजार जना नागरिकलाइ हात्ती पाइले रोग बिरुद्दको औषधी खुवाउने भएको छ ।
बिहीबार राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा चन्द्रपुर नगरपालिकाको आयोजनामा भएको आम औषधि सेवनको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको थियो । राष्ट्रिय जनगणना अनुसार चन्द्रपुर नगरपालिकाको ८४ हजार जनसंख्या मध्ये ३ हजार जना जति २ बर्ष मुनीका,सुत्केरी,तथा दिर्ग रोगी रहेको अनुमान गदै बाकी ८१ हजार जनालाइ हातिपाइले रोगको औषधी खुवाउने लक्षय रहेको चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले जानकारी दिएका छन ।
प्राणघातक नभएता पनि मानिसहरूलाई अशक्त तथा अपाङ्ग बनाउने यो रोगका विरुद्ध हरेक वर्ष आईभरमेक्टिन, इथाईल्कारबमाजली र अल्वेन्डाजोल भन्ने औषधि अनिवार्य खुवाउनु पर्ने उनले बताए । तीन वटै औषधि उचाइ अनुसार निर्धारण हुने र उचाइ नापेर मात्र सेवन गराउने प्रक्रिया रहेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।
रोग संक्रमणको हिसाबले यस क्षेत्रका नागरिक जोखिममा नै रहेको बताउँदै नगर स्वास्थ्य शाखा प्रमुख ठाकुरले उक्त औषधि आउदो बैशाख १६ गते देखी ३० गते सम्म हरेक टोल, विद्यालयहरूमा पाइने जानकारी दिए ।


माईक्रोफालेरिया परजीवी घटाएर रोग लाग्न नदिने यो औषधि दुई वर्ष भन्दा मुनिका बालबालिका, गर्भवती, सुत्केरी आमा, सिकिस्त बिरामी र क्षारे रोग भएकाहरूका लागि खुवाउन नमिल्ने उनले जानकारी दिए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगर क्षेत्रको टोलटोलमा पुगेर हात्तिपाइले रोगको औषधी खुवाउन स्वास्थ्यकर्मीहरुलाइ निर्देशन दिएका छन । हात्तीपाइले रोग विरुद्धको औषधी खान पाइएन भनेर कसैले पनि सुन्नु नपरोस भन्दै नगर प्रमुख काफ्लेले यस्तो प्राणघातक रोगबाट बच्न आफै पनि सक्रिय बन्न नगरबासीलाइ आग्रह गरेका छन । यसैगरी चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले यस्ता किसिमका प्राणघातक रोगको निर्मुल पार्न औषधी नै सेवन गर्नुपर्ने बताए । कार्यक्रममा नगर उप प्रमुख जयमाला चौधरी,वाड अध्यक्षहरु नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । हाल सम्म चन्द्रपुरमा ८ जना भन्दा बढी हात्तीपाइले रोगीहरु भेटिएको र जिल्ला भरी १५ जना भन्दा बढी रोगि भेटिएको सरकारी तथ्याङकमा उल्लेख छ।