न्यूज डेस्क | बैशाख ६, २०८१ बिहिबार

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान भइरहेको छ । बिहीबार जिल्ला अदालत रुपन्देहीमा ४ जनाको बयान चलिरहेको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो । 
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त राम मरासिनीले न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा बयान चलिरहेको बताए । 
उनका अनुसार उक्त मुद्दा प्रतिवादी बनाएका  २८ जनामध्ये  निता थापा मगर,  दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिने काम भइरहेको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।