न्यूज डेस्क | बैशाख १८, २०८१ मंगलबार

सशस्त्र प्रहरीले वीरगञ्जमा स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेकोे छ ।
वीरगञ्ज महानगरपालिका वडा नं १६ भन्सार गेटस्थित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले ३ लाख ३६ हजार नगदसहित एक जनालाई पक्राउ गरेकोे हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ ए जेड ७५७४ नम्बरको टिभिएस मोटरसाइकलमा सवार भारत विहार पुर्बी चम्पारण जिल्लाको रक्सौल निवासी ४० वर्षीय भारतीय नागरिकको साथबाट ३ लाख ३६ हजार रकम फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।
सिंहका अनुसार २ लाख मूल्य बराबरको मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले बताएको छ  ।