प्राइम खबर संबाददाता | पुस २९, २०७९ शुक्रबार

मधेश प्रदेशको सांसदमा स्वतन्त्र जितेका एक सांसद नेकपा एमाले प्रवेश गरेका छन् । बारा क्षेत्र नं। २ को ‘क’ क्षेत्रबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य शारदा शंकर कलवार एमालेमा प्रवेश गरेका हुन । एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलिले कलवारलाई पार्टी प्रवेश गराएका छन् । पार्टीका केन्द्रिय सचीव रघुविर महासेठ र प्रतिनिधीसभा सदस्य राजकुमार गुप्ताको पहलमा कलवार एमाले राजेका हुन । ओली निवास बालकोटमा नेकपा एमालेमा प्रवेशमा प्रवेश गरेका उनी मधेश सरकारमा मन्त्री बन्ने आशंका गरिएको छ । उनको प्रवेश संगै एमालेको मधेश प्रदेशमा कुल २४ सांसद भएको छ । एमाले मधेशमा सबै भन्दा ठुलो दल हो ।