प्राइम खबर संबाददाता | माघ ३, २०७९ मंगलबार

रौतहटका स्वतन्त्रबाट निर्वाचित एक सांसद मन्त्रि नियुक्त हुने भएका छन । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह राज्यमन्त्रि हुने भएका छन । उनले संस्कृतमा सपथ ग्रहण गरेर देशभर चर्चा कमाएका थिए । 

साह स्वतन्त्रबाट निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रबेश गराएका थिए ।  सोमबार साझ सत्ता साझेदार दलहरुको छलफलमा नेकपा एमालेले ८ मन्त्रालयसहित १० जना सरकारमा सहभागीता जनाउने सहमति भएको छ । दलहरुबिच भएको सहमति अनुसार २ राज्यमन्त्रि र ८ मन्त्रिसहित १० जनाले सरकारमा सहभागीता जनाउने सहमति भएको जनाइएको छ ।



सोही सहमति अनुसार रौतहटका किरण साहलेले राज्यमन्त्रि पाउने भएका हुन । त्यसैगरि सर्लाहीका हरि उप्रेतीको पनि मन्त्रि बन्ने सम्भावना रहेको स्रोतले बतायो ।