प्राइम खबर संबाददाता | फागुन ५, २०७९ शुक्रबार

राष्ट्रपति विद्या देवी भण्डारीले स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवाहरूको जरिवाना मिनाहा गरेकी छन्। 

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले एक लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेको थियो। यससम्बन्धी पेरको रिटमा सर्वोच्च अदालतले समेत कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 



राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिएका छन्।