प्राइम खबर संबाददाता | फागुन ३०, २०७९ मंगलबार

रौतहट। नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि घर घरमा गएर भोट माग्न थालेको छ। 

नेपाल विद्यार्थी संघको रौतहट जिल्लाको टोली विभिन्न स्थानमा गएर आफ्ना उम्मेदवारहरूको लागि भोट माग्न थालेको हो ।



नेविसंघको टोलीले चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाभित्र रहेका जन ज्योति  बहुमुखी क्याम्पसका विद्यार्थीहरूको घरमा भोट माग्न थालेको हो ।

स्ववियु निर्वाचनका लागि यतिबेला चुनावी प्रचार प्रसारको अभियान सुरु भएको छ। विद्यार्थी संगठनहरूले यतिबेला आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिन थालेका छन् ।