प्राइम खबर संबाददाता | चैत ९, २०७९ बिहिबार

रौतहट स्थित राजपुर नगरपालिकामा झण्डै आधा दर्शन आयोजनाको शिलान्यास भएको छ। 

बिहीबार शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले रौतहटको राजपुर नगरपालिकाको भिलाको सेलर मिल देखी दमार चौक सम्मको सडक लगायत अन्य तीन वटा सडक खण्डको स्तर उन्नति तथा पानी टंकी हाट बजार साथै भगवानपुर -१ मा पोखरी सौन्दर्यकरण आयोजनाको शिलान्यास गरेका हुन् । 



शहरी विकास मन्त्रालयको आयोजना तथा राजपुर नगरपालिकाको सहयोगमा उक्त परियोजनाको निर्माण कार्य हुने बताइएको छ । शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य रहेका थिए भने विशिष्ट अतिथी संघीय सांसद किरन कुमार साह, राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजिक आलम, नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर लगायत संचारकर्मी, समाजसेवी, बुद्धिजीवी व्यक्ति लगायत ठूलो संख्यामा स्थानीयवासीहरुको उपस्थिति रहेकाे नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।